मोरङ । प्रदेश १ मा संसदीय दलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका प्रदेश सांसद इन्द्रबहादुर आङ्वोले जानकारी दिए ।
उनका अनुसार बुधबारबाट बस्ने प्रदेशसभा बैठक अघि नेकपाको बहुमत पक्षको संसदीय दलको बैठक बस्न लागेको हो । यसअघि प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री समेत रहेका दलका नेता शेरधन राईलाई हटाएर भिम आचार्यलाई चयन गरिसकेको छ ।
प्रदेश सभा बैठकमा नेकपाको बहुमत पक्षले प्रदेशका मुख्यमन्त्री राईविरुद्ध दर्ता गरको अविस्वासको प्रस्ताव निणर्याथ प्रस्तुत गर्ने तयारी छ । तर गत पुस १० गते ३७ सांसदले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसमध्ये ३ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता गरिसकेका छन् । कुल ९३ जना सांसद रहेको यो प्रदेशमा नेकपाका कुल ६७ जना सांसद छन् ।
Facebook Comments