ताेलामा ४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाले बढेको छ ।

सोमबार प्रतितोला ९१ हजार ६०० रुपैंयामा कारोबार भएको सुन आज तोलामा ४०० रुपैैंयाले बढेर प्रतितोला ९२ हजारमा कारोबार भइरेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९१ हजार ५०० रुपैंया रहेको छ ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा १५ रुपैैयाले बढेर मंगलबार १२ सय ४५ रुपैंयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ । हिजो नेपाली बजारका चाँदीको मुल्य प्रतितोला १२ सय ३० रुपैयाँ रहेको थियो ।

Facebook Comments