Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडौं : भारतमा संक्रमितको संख्या बढ्दै जाँदा नेपाल कोरोनाको थप जोखिमतिर फस्दैछ। उत्तर प्रदेशका कारण नेपालमा संक्रमित ह्वात्तै बढ्ने सम्भावना छ किनकि त्यहाँका मुख्यमन्त्रीले नेपाल सीमासम्म नेपालीलाई पठाउन निर्देशन दिइसकेका छन्। भारतमा काम गर्न पुगेका मजदूरलाई नेपाल सीमासम्म पुर्याउन उनले निर्देशन दिएका हुन्। बिहारबाट नेपाल भित्रिने संख्या पनि उत्तिकै छ। विभिन्न राज्यबाट बिहारका लागि छुटेको श्रमिक रेलमा नेपालीहरु पनि आएका छन्।
नेपालसँग सीमा जोडिएका मध्ये उत्तर प्रदेशमा कोरोनाको धेरै संक्रमण छ। आज बिहानसम्म उत्तर प्रदेशमा कोरोनाका संक्रमितको संख्या ३ हजार ७ सय २९ रहेको छ। कोरोनाकै कारण यहाँ ८३ जनाको मृत्यु भइसकेको छ। भारतको उत्तर प्रदेशको नेपालसँग जोडिएको भाग ५ सय ६० किलोमिटर रहेको छ।
नेपालको सिद्धार्थनगरबाट पश्चिम तराईसम्म फैलिएको यस क्षेत्रमा भारतबाट सहजै मानिसहरु ओहरदोहर गर्न सक्छन्। बैकल्पिक बाटोबाट नेपाल छिर्नेहरुका कारण प्रदेश नम्बर ५ मा बढी संक्रमण देखिएको छ। १०२ जना संक्रमित छन् यस प्रदेशमा। सुदूर पश्चिमको कैलाली पनि उत्तर प्रदेशसँगै जोडिन्छ। बाँके, रुपन्देही, बर्दिया लगायतका जिल्लामा जति संक्रमित देखिएका छन् ती अधिकांश भारतबाट नेपाल छिरेकाहरु छन्। र, अधिकाश लुकीछिपी नेपाल आउनेहरु छन्।
भारतसँग सीमा जोडिएको सबैभन्दा ठूलो भारतीय राज्य हो, बिहार। ७ सय २९ किलोमिटर सीमा जोडिएको बिहारमा अहिलेसम्म ९ सय ४० जनामा संक्रमण देखिएको छ। बिहारमा कोरोनाका कारण मर्नेको संख्या ७ पुगिसकेको छ। सिद्धार्थनगरदेखि विराटनगरसम्मै जोडिन्छ बिहारको सीमा। नेपालको प्रदेश नम्बर दुई पूर्ण रुपमा बिहारसँग जोडिएको छ। नेपालमा प्रदेश २ दोस्रो बढी प्रभावित प्रदेश हो। यहाँ ९९ जना कोरोना संक्रमित छन्। यस प्रदेशमा भारतीय नागरिकहरु पनि छन्, जो संक्रमणको सिकार बने। बिहारबाट प्रदेश दुई प्रवेश गर्ने चोरबाटोबाट अहिले पनि मानिसहरु आइरहेका छन्।
भारतको उत्तराखण्ड राज्यमा अहिलेसम्म कोरोनाका ७२ केस देखिएका छन्। पश्चिम नेपालको महेन्द्रनगरदेखि दार्चुलासम्म जोडिएको उत्तराखण्डले २ सय ६३ किलोमिटर सीमा साझेदारी गर्छ। लकडाउनका कारण महाकाली नदी तरेर नै नेपाल भित्रिनेसम्मका प्रकरणहरु यहाँ भएका छन्। नेपालको सुदूर पश्चिम प्रदेशसँग जोडिएको उत्तराखण्डबाट चोरबाटो हुँदै आएका व्यक्तिमा पनि संक्रमण देखिएको छ।
भारतको पश्चिम वंगालमा २ हजार २ सय ९० संक्रमित छन्। यहाँको मृत्युदर अन्य भारतीय राज्यको तुलनामा बढी देखिन्छ। त्यहाँ २ सय ७ जनाको मृत्यु भइसकेको छ। पूर्वी नेपालको झापादेखि उत्तरतिर १ सय किलोमिटर सीमा जोडिएको छ। त्यसभन्दा माथि सिक्किमसँग नेपालको सीमा जोडिन्छ जुन भौगोलिक हिसाबले आवत् जावत् कठिन हुने भेगमा पर्छ। भारतको सानो प्रान्त सिक्किममा अहिलेसम्म कोरोनाको कुनै पनि केस देखिएको छैन।
महाराष्ट्र भारतको सबैभन्दा प्रभावित प्रदेश हो। त्यहाँ २५ हजार ९ सय २२ जनामा संक्रमण देखिएको छ। यस प्रदेशमा ९ सय ७५ जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै गुजरातमा ९ हजार २ सय ६७ संक्रमित छन् जसमध्ये ५ सय ६६ जनाको मृत्यु भएको छ। दक्षिण भारतको तामिल नाडूमा ९ हजार २ सय २७ जनामा संक्रमण देखिएको छ भने त्यहाँ ६४ जनाले ज्यान गुमाएका छन्। भारतको राजधानी दिल्लीमा ७ हजार ९ सय ९८ जना संक्रमित भेटिँदा १ सय ६ जनाले ज्यान गुमाएका छन्।




Facebook Comments