महिलाहरु पहिलोपटक यौन सम्पर्क गर्दा किन डराउँछन, यस्तो छ कारण ?

काठमाडौं । म ३२ वर्षीया युवती हुँ । करिब ७ वर्ष अघि मेरो एकजना केटा साथीसँग यौनसम्पर्क भएको थियो । मलाई यौनसम्पर्क गर्न अति इच्छा हुन्छ तर मैले कसैसँग पनि यौनसम्पर्क गरेकी छैन किनभने ममा चाहना भए पनि अर्को पुरुषसँग यौनसम्पर्क राख्ने सोच मात्र राख्दा पनि एकदम डर लागेर आउने, मुटु कमजोर हुने, आत्मविश्वास हराउने आदि हुन्छ ।त्यस्तो अवस्थामा ममा केही गर्ने आँट वा हिम्मत नआउने, आफसे आफ आत्मबल घटेर जाने हुन्छ जसले गर्दा कसैसँग पनि घरवार जोड्न नसक्ने गरी मेरो जीवन वरवाद भएको छ । पुरुषसँग सम्बन्ध राखेर पनि म कसरी निडर रहन तथा आत्मबल गुमाउनबाट जोगिन सक्छु ? किन कसैसँग यौनसम्पर्क राख्दा मानिस यति धेरै डराउँछ ? यो समस्या समाधान गर्न मैले के गर्न सक्छु ? तपाईंले आफ्नो पहिलेको केटासँगको सम्बन्धका विषयमा सीमित जानकारी मात्र दिनुभएकाले तपाईंको अहिलेको समस्या त्यससँग सम्बन्धित छ कि छैन भन्न सकिने स्थिति भएन ।

यौन(सम्पर्कको भय
तपाईंलाई थाहै होला कि विभिन्न परिस्थिति हुन्छन् जुन परिस्थितिमा व्यक्तिलाई डर लाग्छ । यो एउटा स्वाभाविक प्रक्रिया पनि हो । प्राकृतिक रूपमा जीवनयापन गर्दा यस्ता डरले जीवन सुरक्षाका लागि अमूल्य भूमिका खेल्छन् । यौनसम्पर्क राख्दा यौन साथी कस्तो पर्ला भन्ने डर, नचिनेको व्यक्तिसँग यौनसम्पर्क राख्दा यौन रोग लाग्ने डर वा कसैसँग यौनसम्पर्क राख्दा कसैले देख्ला कि भन्ने डर वा विवाह पूर्व यौनसम्पर्क राख्दा कसैले थाहा पाउला कि भन्ने डर लाग्छ ।

यी डर स्वाभाविक हुन् तर कतिपय स्थितिमा अस्वाभाविक रूपमै डर लाग्छ, जसलाई हामी भय भन्न सक्छौं । विशेष गरेर डर लाग्नु पर्ने कारण साधारण वा सानो भए पनि यसप्रति व्यक्तिले देखाउने प्रतिक्रिया भने असामान्य रूपमा बढी हुन्छ र व्यक्ति भयभित हुन पुग्छ । डर वा भय उत्पन्न गराउने तत्वको अनुपस्थितिमा वा अति नै थोरै भए पनि व्यक्ति आफ्नो सोचकै भरमा अति नै भयभीत हुने स्थिति भने असामान्य हो, तपाईंलाई पनि यस्तै भएको देखिन्छ । छोटकरीमा भन्ने हो तपार्इंमा यौनेच्छा भए पनि यौनसम्पर्कको भयले सताएको छ । यौनसम्पर्क राख्न भयभित हुने परिस्थितिलाई चिकित्सा शास्त्रको भाषामा न्भलयउजयदष्ब वा ऋयष्तयउजयदष्ब भनिन्छ । चिकित्सा शास्त्रको भाषामा न्भलय को अर्थ ग्रीक भाषामा यसको को सन्तान हुन्छ र त्यसैगरी ऋयष्तगक को अर्थ यौनसम्पर्क हुन्छ । एजयदष्ब शब्द भने ग्रीक भाषको उजयदयक बाट आएको शब्द हो जसको अर्थ भय हुन्छ । अहिले बोलिचालीको भाषामा यौन दमन भएका समाजका लागि पनि यो शब्द प्रयोग भएको पाइन्छ ।

को कारण के होला ?
तपाईंले आफ्नो पहिलो यौन अनुभव वा अनुभूतिका बारेमा खासै जानकारी दिनुभएको छैन त्यसैले पनि यस्तो तपाईंलाई किन भयो होला भनेर भन्न सकिने स्थिति छैन तर सामान्यतयास् किन कुनै व्यक्तिमा यौनसम्पर्कको भय हुन्छ भन्ने सन्दर्भमा चर्चा गरौं । यौन सम्पर्कको भय भएका व्यक्ति यौनसम्पर्कको सुरुवात गर्न खोज्दा वा यसको विचार मात्र आए पनि भयभित हुन्छन्, संत्रासबाट आक्रान्त हुने स्थिती आउँछ । तपाईंका कतिपय लक्षण डर लागेर आउने होस् वा मुटु कमजोर भएकाले होस् यो स्थितीसंग सम्बन्धित भए जस्तो देखिन्छ ।

पहिले कुनै यौन आघात पुग्ने किसिमको अप्रिय घटना यसको कारण भएको पाइन्छ । यौनशोषणमा पर्नु, अनिच्छाका बावजुद यौन संवेदनशील अंगको स्पर्श, मर्दन वा छेडछाड भोगेको, बलात्कारको शिकार भएको वा कलिलो उमेरमै भयानक किसिमको यौन घटनाको प्रत्यदर्शी भएको जस्ता घटनाको अमिट छाप पछिसम्म परेको स्थितिमा यस्तो स्थितिको कारकका रूपमा लिन सकिन्छ । अर्का तिर कतिपय व्यक्ति आफ्नो शरीर वा व्यक्तित्व राम्रो नभएको मानेर असुरक्षा अनि हीनभावनाले ग्रसित हुन्छन् जसले गर्दा यस्तो स्थिति आइपर्न सक्छ ।

समाधान के होला ?
तपाईंले पहिले भोग्नुभएको कुनै अप्रिय घटनाका सम्बन्धमा केही नलेख्नु भएकाले यसै भन्न सकिने स्थिति भएन तै पनि यौनसम्पर्कको भयलाई कसरी कम गर्न सकिएला भनेर चर्चा गर्दैछु । आध्याँरोदेखि होस् वा सर्पदेखि भयभित हुने कुरा धेरैले बुझ्न सक्लान तर धेरै ले यौन सम्पर्कदेखि नै भयभित हुने कुरा बुझ्न गाह्रो हुन्छ किनभने यौनसम्पर्क राख्न सबैजसो नै लालायित हुन्छन् । यस्तो समस्याको समाधान गर्न नसकिने होइन तर यो व्यक्तिअनुसार फरक–फरक हुनसक्छ ।

तपाईंलाई थाहा भएकै कुरा हो कि कारणअनुसार यसको उपचार गर्नुपर्ने हुन्छ । तपाईंमा भएको यस प्रकारको भयको जडसम्म पुग्न आवश्यक छ । तपाईंले यसको जडसम्म पुग्न आफैंलाई र आफ्नो विगतका घटना र त्यसले आफूलाई पारेको प्रभावका बारेमा केलाउनु पर्ने हुन्छ । कतिपय स्थितिमा आफैंले आफ्नो स्थिति केलाउन सजिलो नहुन सक्छ ।त्यसका लागि तपाईंले मनोचिकित्सक, मनोरोग विशेषज्ञ वा मनोपरामर्श दिने व्यक्तिको सहायता लिनुपर्ने हुन्छ । यो पक्कै हो कि यस्ता किसिमका समस्या समाधान गर्न र सामान्य स्थितिमा आउन समय लाग्न सक्छ तर तपाईं आत्मविश्वासका साथ अघि बढ्नुभयो भने यस्ता समस्याको समाधान सम्भव छ । तपाईंको यौन जीवनमा साथ दिने कोही न कोही व्यक्ति पक्कै आउनेछ अनि कतिपय स्थितिमा उ पनि तपाईंको समस्या कम गर्न सहयोगी हुनसक्छ । साप्ताहिकबाट

ताजा अपडेट

पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मकै उच्च : एकैबर्षमा ६ लाख ६२ हजार ९५ जनाले लिए रेसिडेन्सी !

पोर्चुगल । पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मै उच्च रहेको विदेशी र सीमा सेवा सेफले जनाएको छ। सन् २०२० मा आवास अनुमति लिने बिदेशी आप्रवासीहरुको संख्या...

४ मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिइयो, कसको जिम्मामा कुन मन्त्रालय ? (विज्ञप्तिसहित)

काठमाडौं । सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी...

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हानेपछि….

एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

पछिल्लो २४ घण्टामा कति जना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

‘आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य’

काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई...

चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको...

चर्चित