नागरिक एप सुरू

काठमाडौं । सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ अन्तर्गत नागरिक एपको सुरुवात गरेको छ। शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एपको शुभारम्भ गरेका हुन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नागकिर एपको सुरुवात गरिएको हो । जनताले सो एप डाउनलोड गरी घरमै बसेर कतिपय विषयमा सरकारी सेवा सुविधा पाउने र सूचना एवम् जानकारी उपलब्ध हुने सञ्चारमन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जानकारी दिए ।

सचिव बस्यालका अनुसार वेटा भर्सनमा सार्वजनिक गरिएकाे एपमा हाल ९ वटा सेवा समेटिएकाे छ । २०७५/७६ को सरकारी नीति तथा कार्यक्रमले परिकल्पना गरेको नागरिक एप डिजिटल नेपालको लागि एउटा महत्वपूर्ण आधारको रूपमा लिइएको छ ।

त्यसका लागि गृह मन्त्रालयसँग रहेको दुई करोड १५ लाख नागरिकताको विवरण र निर्वाचन आयोगको सर्भरमा रहेको एक करोड ५५ लाख नागरिकको औंठा छाप र फोटोसहितको जानकारीमार्फत नागरिकको डिजिटल परिचय बनाइएको छ ।

Facebook Comments