एजेन्सी । दक्षिण कोरियाको उच्च अदालतले पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई २० वर्षको जेल सजाय सुनाएको छ । उच्च अदालतले बिहीबार तल्लो अदालतको निर्णयलाई सदर गर्दै २० वर्षको जेलसहित १८ बिलियन वन जरिवाना पनि तिर्नुपर्ने निर्णय सुनाएको हो ।
गत जुलाईमा उच्च अदालतले अफ्नो अधिकारको दुरुपयोग गरेको अभियोगमा १५ वर्ष जेल सजाय सुनाएको थियो । सन् २०१९ को डिसेम्बरसम्म भ्रष्टाचार र पदीय दुरुपयोगको दुई वटा मुद्दा चलेको भए पनि उच्च अदालतमा दुवै मुद्दालाई एउटै गाभिएको थियो । दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति बनेकी उनी भ्रष्टाचारको अभियोग लागेसँगै सन् २०१७ देखि नै जेलमा छिन् ।
उनलाई आफ्नो साथी चोइ सुन सिललाई ७७।४ मिलियन वन चोइ फाउन्डेसनमा दिन कोरियाली ठूला कम्पनीहरुलाई बाध्य पारिएको पाइएको थियो । साथै उनले तत्कालीन समयमा सेन्युरी पार्टीमा विभिन्न पदमा मनोनयन गर्दा अवैधानिक तरिकाले हस्तक्षेप गरेको अभियोगमा समेत दुई वर्ष जेल सजाए पाएकी थिइन् ।
Facebook Comments