ओलीको जोक्करपनको पछि कोही लाग्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीकाे जोक्करपनकाे पछाडी कोही नलाग्ने बताएका छन् ।

काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रचण्ड-नेपाल पक्षीय भेलालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीकाे जोक्करपनकाे पछाडी कोही नलाग्ने भएकाले निर्वाचन आयोग र सर्वोच्च अदालतप्रति भरोसा रहेको बताए ।

आफूहरूलाई भगौडा भनिएकोप्रति आपत्ति जनाउँदै ओलीलाई प्रचण्डले पश्न गरे, ‘७२ प्रतिशत केन्द्रीय समिति भएको पक्ष भगौडा हुने, अनि ३० प्रतिशत पनि नभएका चाहिं आधिकारिक? केपी ओलीको दिमागबाहेक अन्त कहीँ यस्तो हुन्छ?’

बैठक बस्न आग्रह गर्दा सधैं भाग्ने ओली नै भगौडा भएको उनको तर्क थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार विक्षिप्त मानसिकताको उपज भएको उनको आरोप छ। दुई तिहाइ विना विधान संशोधन गर्ने अधिकार ओली समूहलाई नभएको दाबी गरे ।

निर्वाचन आयोगले नेकपा र सूर्य चिन्ह आफ्नै बताए । ओलीले जस्तै संवैधानिक निकायले निर्णय गरे राजनीतिक आँधीहुरी आउने उनले बताए ।

Facebook Comments