नेपालमा कहिले आउँछ काेराेना भ्याक्सिन ? मन्त्रीले ताेके डेटलाइन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले फागुन महिनामा कोभिड भ्याक्सिन आउने संकेत दिएका छन्।

स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री त्रिपाठीले  यस्तो संकेत गरेका हुन्।

उनले व्यंग्यात्मक रुपमा भने,‘मेरो जिन्दगीमा फागुन महिना निकै चमत्कारी छ। यो फागुनमा पनि केही चमत्कारी हुन सक्ने सम्भावना छ।’

पत्रकारले कोभिड भ्याक्सिन कहिलेसम्म नेपालमा आउँछ भनी सोधेको प्रश्नमा उनले घुमाउरो पारामा उत्तर दिँदै  फागुनमा केही चमत्कार हुने भन्दै आफै बुझ्न अनुरोध गरेका हुन्।

उनले समयमै कोभिड भ्याक्सिन निशुल्क रुपमा उपलब्ध गराउने समेत बताए।

खोप अभियान सफल बनाउने, प्रत्येक पालिकामा ५, १० र १५ शय्याका अस्पताल बनाउने र कर्मचारी समायोजनको काम आफ्नो प्राथममिता रहेको समेत बताए।

कोरोना भाइरसविरुद्धको भ्याक्सिनका लागि सरकारले सबै नीतिगत तयारी पूरा गरेको उनको भनाइ छ।

‘नीतिगत कामबारे तयारी पूरा भएको छ। बाँकी काम छिटै समाधान गर्ने योजनामा सरकार छ,’ उनले भने। सरकार खोपको विषयमा गैरजिम्मेवार नभएको उनको दाबी छ।

खोप र स्वास्थ्य सामग्री पनि राजनीतिक विषय भएको उनको भनाई छ। ‘खोप केही निश्चित देशमा विकास भएकाले ती सरकारसँग निकटतम सम्बन्ध राखेर यसलाई अघि बढाएका छौं, राजनीतिक सम्बन्ध भएका देशका राजनीतिज्ञसँग पनि मैले कुराकानी गरेको छु,’ उनले भने।

खोपका विषयमा रुस, भारत र युएईका राजदूतसँग वार्ता भएको उनले बताए। अन्य देशभन्दा धेरै पछाडि हुने अवस्था नभएको उनको दावि छ।

‘हरेक च्यानल र सम्भावनालाई परिचालन गरेका छौं,’ उनले भने, ‘नागरिकले न्यायपूर्ण रुपमा खोप पाउँछन यो कुरा आश्वस्त बनाउन चाहन्छु।’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.