थप ८ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यस्तै नेपालमा आज थप ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ५७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ ।

यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।

Facebook Comments