संसद विघटनबिरूद्ध वडा तहसम्मै विरोध प्रदर्शन गर्ने कांग्रेसकाे निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो । आइतबार बसेको केन्द्रीय समिति बैठक पछि कांग्रेसले एक विज्ञप्ती जारी गर्दै विभिन्न कार्यक्रम सार्वजनिक गरेकाे जनाएकाे छ  ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य भएकाे कांग्रेसले ठहर गरेकाे छ ।

Facebook Comments