काठमाडाैं । घुस लिएकाे अभियाेगमा एक जना इन्सपेक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत थानकाेटमा कार्यरत प्रहरी इन्सपेक्टर गायत्री शर्मा रहेका छन् ।
उनले सवारी दुर्घटना मुद्दामा मिलापत्र गराउने भन्दै १५ हजार रूपैयाँ घुस लिएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ । पक्राउ परेका शर्मालाई महानगरीय प्रहरी कार्यालय रानीपाेखरीले निलम्बन गरिसकेकाे छ ।
Facebook Comments