प्रचण्ड दम्पती भाेलि भारत जाँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार भारत जाने भएका छन् । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जाने भएका हुन् ।

आइतबार पेरिसडाँडामा बसेको नेकपा (प्रचण्ड–नेपाल) समूहको स्थायी कमिटी बैठकमा प्रचण्डले पत्नी सीताको उपचारका निम्ति आफू मुम्बई जान लागेको जानकारी गराएका थिए । मुम्बई जाने भएपछि आफू भोलिको बैठकमा उपस्थित हुन नसक्ने दाहालले बताएको एक स्थायी कमिटी सदस्यले बताए ।

प्रचण्ड पत्नी सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको हो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो ।

Facebook Comments