‘सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो’

लहान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन लहान आइपुगेका उनले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र सङ्घीयता समाप्त हुने अवस्थामा पुगेको आरोप लगाए ।

संसद् विघटन गर्ने कार्यको विरुद्धमा आफूहरु मन्त्री पदबाट राजीनामा दिइ सडकमा आएको उनको भनाइ थियो । रासस

Facebook Comments