आज कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० जना पुगेको छ। गत २४ घण्टामा ९३६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा ५, उदयपुरमा १, ओखलढुङगामा ३, झापामा १९, ताप्लेजुङमा १३, तेह्रथुममा १, पाँचथरमा २, मोरङमा ३३, संखुवासभामा १, सुनसरीमा ३४ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा ३, पर्सामा १, बारामा २, सर्लाहीमा १ र सिरहामा २ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय १० जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा ३१, चितवनमा १, दोलखामा ८, धादिङमा ६, नुवाकोटमा ३, भक्तपुरमा ४२, मकवानपुरमा १३, रामेछापमा १, ललितपुरमा ८६ सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७०, गोरखामा ५, तनहुँमा १५, नवलपरासी पूर्वमा ४ , पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ७, वागलुङमा ६र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा २, नलवपरासीमा ५, पाल्पामा ६, प्यूठानमा १६, बर्दियामा ५, बाँकेमा २७, र रुपन्देहीमा ३५ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा १, रुकुम पश्चिममा २ र सुर्खेतमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिमको अछाममा ५, कञ्चनपुरमा १८, कैलालीमा ३३, डडेल्धरामा ३, डोटीमा १, दार्चुलामा ३m बझाङमा २ र बैतडीमा २ जनामा कोरोना भेटिएको छ।

Facebook Comments