प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका ९, च्यामासिंह सूर्यमढी बस्‍ने ३२ वर्षीय विजय नकर्मी र १९ वर्षीय रितिक प्रजापति रहेका प्रहरीले जनाएकाे छ।

उनीहरू लाई प्रहरीले भक्तपुर नगरपालिका ९, च्यामासिंह सूर्यमढीस्थित ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार आरोपमा पक्राउ गरेकाे हाे ।

गीता कोजूको मोबाइल हराएको सूचनापछि खटिएको प्रहरीले मोबाइल खोजी सोही ठाउँस्थित पाटीमा फेला पारी सम्बन्धित धनीलाई बुझाएपछि विजय र रितिकले प्रहरीमाथि हातपात एवं दुर्व्यवहार गरेको प्रहरीले जनाएकाे छ।

Facebook Comments