नेकपा विवाद आन्तरिक रूपमै समाधान हुन्छ : अर्थमन्त्री पौडेल

बुटवल । अर्थमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेकपाभित्रको अन्तरिक विवाद आन्तरिक रूपमै समाधान हुने बताएका छन् ।

रूपन्देहीकाे बुटवलमा एक कार्यक्रममा उनले नेकपाभित्र अहिले देखिएका समस्यामा विग्रहको खोजी गर्नेहरू विफल हुने दाबी गर्दै आन्तरिक रूपमै विवाद समाधान हुने बताए ।

पार्टीभित्रको अन्तरविरोधमा सुँड घुसाएर मुलुकलाई अस्थितरतातिर धकेल्ने प्रयास भएपनि त्यो सफल नहुने उनकाे विश्वास छ । ‘कसैले नेकपा फुटोस् भन्ने चाहँदैमा पार्टी फुट्दैन, पार्टीमा विवाद आउनु र त्यसको समाधान हुँदै जानु नियमित प्रक्रिया हो ।’ उनले भने ।

Facebook Comments