लम्बोदर न्यौपानेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं । भक्तपुर इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेमाथि अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

सोमबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजालासले न्यौपानेको रिट निवेदन खारेज गरेसँगै अनुसन्धानका लागि बाटो खुलेको हो ।

न्यौपानेका भाइ निर्मल न्यौपानेले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट हालेपछि अनुसन्धान रोकिएको थियो । अदालतले आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेको अनुसन्धानको सक्कल प्रतिवेदन लगेको थियो ।

न्यौपानेले सर्वोच्चमा स्वामित्वको मुद्दा विचाराधीन भएको अवस्थामा सीआईबीले ठगीमा अनुसन्धान गर्न नमिल्ने दाबी गर्दै रिट निवेदन दिएका थिए ।

तर, न्यायाधीशद्वयले प्रहरीको पक्षमा आदेश दिएसँगै थप अनुसन्धान अघि बढाइएको ब्युरोका एसपी बेलबहादुर पाण्डेले बताए ।

Facebook Comments