सत्तारूढ नेकपाको विवादले देश बन्धक बन्याे : महन्थ ठाकुर

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले सत्तारुढ दलकाे आन्तरिक विवादले मुलुक अस्तव्यस्त बनेकाे बताएका छन् ।

महोत्तरी भएकाे एक कार्यक्रममा अध्यक्ष ठाकुरले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे आन्तरिक किचलोका कारण देश बर्बाद हुन लागेकाे दावी गरे ।

‘अहिले शिक्षा, स्वास्थ्य, व्यवसाय सबै धाराशायी बनिसकेको छ । नेकपाले यसमा ध्यान दिनुपर्नेमा आन्तरिक विवादमै मस्त छ’ अध्यक्ष ठाकुरले भने, ‘उनीहरुकै विवादले देश बन्धक बनिसकेको छ ।’

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकार प्रदेश २ सरकारसँग सौताको व्यवहार गरिरहेको आरोप लगाए । ‘बजेटको बाँटफाँटलगायतको विषयमा संघीय सरकार सौताको व्यवहार गर्दै आएको छ’ उनले भने ।

Facebook Comments