मलाई चीनको इसारामा सांसदबाट हटाइएको हो : सरिता गिरी

सप्तरी । पूर्व सांसद सरिता गिरीले चीनको इसारामा आफूलाई सांसद पदबाट हटाएको बताएकी छिन् । साथै उनले आफूलाई सांसद पद र साधारण सदस्य समेतबाट निकालेपछि पार्टीका नेता र चीनका राजदूतले भिडियो कन्फ्रेन्स गरी खुशियाली मनाएको समेत दावी गरिन् ।

सप्तरी सदरमुकाम राजविराजमा सोमबार भएकाे मधेश जनसभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘चीनको इसारामा आफ्नै नेताहरुले आफूलाई बलजफ्ती रुपमा निकालेका हुन् ।’उनले आफूलाई हटाउने विषयमा सत्तारुढ नेकपा र आफ्नो पार्टी जनता समाजवादी पार्टी मिलेको आरोप लगाइन् ।

चीनका राजदूतसँग उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, अशोक राई र रेणु यादवले खुशीयाली मनाएको उनले बताइन् ।

Facebook Comments