चन्द्रागिरिमा मिनीट्रक दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । चन्द्रागिरिमा मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

महानगरीय प्रहरी कार्यालय थानकोटका प्रहरी निरीक्षक हेमन्तविक्रम थापाका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित मसिने सालघारीमा ना २ क ३२३ नम्बरको मिनीट्रक दुर्घटना भएको हाे ।

दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे भएपनि उनीहरूकाे सनाखत भने भएकाे छैन । प्रहरी घटनास्थलमा पुगिसकेको र थप अनुसन्धान भइरहेको छ।

Facebook Comments