काठमाडाैं महानगरद्वारा प्रकाशित ‘इन्द्रजात्रा’ नामक पुस्तक बिमोचन

काठमाडाैं । काठमाडौं महानगरपालिकाले प्रकाशन गरेको ‘इन्द्रजात्रा’ नामक पुस्तक बिमोचन गरिएकाे छ ।

काठमाडौं महानगरपालिकाको २६औ महानगर दिवस २०७७को अवसरमा सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले पुस्तककाे बिमोचन गरेका हुन् ।

पुस्तक बिमाेचन कार्यक्रममा मन्त्री त्रिपाठीले काठमाडाैं महानगर देशकै राजधानी भएकाले जनताप्रति जिम्मेवार र अभिभावक हुन शुभकामना दिए । साथै उनले संघीयता कार्यान्वयनमा महानगर अगाडि रहेको र थप जिम्मेवार बन्नसमेत शुभकामना दिए ।

राष्ट्रिय सभा गृहमा भएकाे कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्य, शहरी विकास राज्य मन्त्री रामविर मानन्धर, मृगौला बचाउ अभियानका अभियान्ता डा. ऋषि काफ्ले लगायतकाे उपस्थीति रहेकाे थियाे ।

Facebook Comments