कांग्रेस महामन्त्री कोइराला भन्छन् – मुलुकमा राजा कुनै पनि स्वरूपमा आउँदैन

मोरङ । नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाले देशमा फेरी राजतन्त्र आउने सम्भावना शून्य रहेकाे बताएका छन् ।

माेरङकाे विराटनगरस्थित कोइरालानिवासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले देशमा अब राजतन्त्र फर्केर नआउने तर जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गर्नुपर्ने बताए ।

‘कांग्रेसको सरकार बनेर राजनीतिक स्थिरता आएपछि जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गराउनुपर्छ,’ उनले भने, ‘तर मुलुकमा राजा कुनै पनि स्वरूपमा आउँदैन ।’

पत्रकार सम्मेलनमा कोइरालाले पार्टीको महाधिवेशन आगामी फागुन ७ मा सम्भव नभएको भन्दै जेठमा गर्नुपर्ने पनि बताए । उनले आउँदो महाधिवेशनमा आफूहरूका तर्फबाट जो भए पनि सभापतिको उम्मेदवार एक जना मात्रै हुने स्पष्ट पारे ।

Facebook Comments