मोरङमा ट्रयाक्टर दुर्घटना : चालककाे मृत्यु

विराटनगर । मोरङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

 मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीमा गुडिरहेको ट्रयाक्टर नहरमा खस्दा चालक सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका चालक ५५ वर्षीय आशाराम चौधरीको मृत्यु भएको हाे ।

प्रहरीका अनुसार गएराति इक्राहीस्थित भित्री सडकखण्डमा दक्षिणतर्फ जाँदै गरेको अनटेस्ट ट्रयाक्टर अनियन्त्रित भएर नहरमा खसेको थियाे ।

गुडिरहेको ट्रयाक्टर नहरमा खसेर भएकाे दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.