राजीनामा माग्दै बालुवाटारमा नारायणकाजी विरुद्ध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको विरोधमा बालुवाटार बाहिर प्रदर्शन भएको छ।

नेकपा केन्द्रीय सदस्य कमानसिंह लामासँग श्रेष्ठले पैसाका विषयमा कुराकानी गरिरहेको अडियो भिडियो सार्वजनिक भएपछि श्रेष्ठमाथि प्रश्न उठेपछि त्यसैलाई आधार बनाएर स्वतन्त्र युवा नामक समूहले प्रधानमन्त्री निवास बाहिर उनको विरोधमा प्रदर्शन गरेका हुन् ।

प्रवक्ता श्रेष्ठले सचिवालय सदस्य र राष्ट्रियसभा सदस्यबाट राजीनामा दिनुपर्ने माग उनीहरूकाे छ । लामाको मृत्युको विषयमा श्रेष्ठमाथि छानबिन हुनुपर्ने माग राख्दै उनीहरुले श्रेष्ठले लामालाई मानसिक रुपमा पीडा दिएको आरोप समेत लगाएका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.