पार्टी प्रवक्ता नारायणकाजीमाथि अनावश्यक विवाद सिर्जना गरियाे : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि अनावश्यक विवाद सिर्जना गरेर भ्रम सिर्जना गरेको बताएका छन् ।

नेकपा स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले दिवंगत नेता कमानसिंह लामा र हाइड्रोपावरको विवादमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक जोडिएको दावी गरेका हुन् ।

स्थायी कमिटीको आइतबार बसेको बैठकमा अध्यक्ष दाहालले श्रेष्ठविरुद्ध अनावश्यक प्रचार गरिएको भन्दै भ्रममा नपर्न आह्वान गरे ।

बैठकमा अध्यक्ष दाहालले लामा र हाइड्रोपावरको विवादमा श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै भ्रमपूर्ण प्रचारको भ्रममा नपर्न आग्रह गरेका हुन् ।

अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरका सम्बन्धित व्यक्तिलाई सँगै राखेर उनीहरूबीच रहेको लेनदेन विवादमा मिल्नुस् भन्नेबाहेक अरु कुनै पनि कुरा नगरेकाले भ्रममा नपर्न पनि दाहालले आग्रह गरेको बैठकपछि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले केन्द्रीय सदस्य लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अर्को बैठक पुस १ गते बस्नेछ ।

Facebook Comments