ट्रक र बस ठोकिँदा ८ जनाको मृत्यु

भारत- भारतको मध्य प्रदेशको गुनामा बुधबार राति ट्रक र बस ठोकिँदा कम्तिमा ८ जना मजदुरको ज्यान गएको छ। एसियन न्यूज इन्टरनेशनलले रिपोर्ट गरे अनुसार उक्त घटनामा ५० जना मजदुर घाइते भएका छन्। रिपोर्ट अनुसार गए राति गुनाको क्यान्ट पीएस क्षेत्रमा दुर्घटना भएको हो।

ट्रकमा मजदुरहरु थिए। उनीहरु महाराष्ट्रदेखि उत्तर प्रदेशमा रहेको आफ्नो घर जाँदै थिए। दुर्घटनामा परेका घाइतेहरुलाई नजिकको जिल्ला अस्पताल लगिएको थियो। उक्त दुर्घटनाको थप विवरण भने खुलेको छैन।

यसैगरी उत्तर प्रदेशको मुजफ्फरनगरमा बुधवार राति एक रोडवे बस प्रवासी मजदुरहरु माथि चढेपछि ६ जना मजदुरले आफ्नो ज्यान गुमाएका छन्। घटनामा परि थप चार जना घाइते भएका थिए। उक्त घटनामा परेका मजदुरहरू पंजाबबाट हिडेर बिहार जाँदै थिए।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.