पोखरामा थप एक कोरोना संक्रमित मृत्यु

कास्की । पोखरामा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।

मंसिर २८ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका ७५ वर्षीय काेराेना संक्रमित पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका-१० का ती पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

पछिल्लाे समय कास्कीमा काेराेना संक्रमणबाट मृतयु हुनेकाे संख्या बढीरहेकाे छ ।

Facebook Comments