काठमाडाैं । राजसंस्था पुनर्वहालीको माग गर्दै काठमाडौंमा प्रर्दशन भएकाे छ ।
राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुनर्वहालीको माग गर्दै काठमाडौंको शान्तिवाटीकामा प्रर्दशन गरेको हााे ।
शुक्रबार गरिएकाे प्रर्दशनमा राजतन्त्र पुनर्वहाली गर्न, ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबारमा भित्राउन, समावेशी राज्यसत्ता सहितको समृद्ध नेपाल बनाउन माग गरिएकाे छ।
त्यस्तै धार्मिक स्वतन्त्रता सहित हिन्दु, बौद्ध, किराँत अधिराज्य नेपाल कायम राख्नका लागि राजावादी जनप्रदर्शन गरिएको समाजको जानकारी दिएको छ ।
नेपालका राजनीतिक दलका कारण मुलुक धरासयी हुदै गएको र भ्रष्टाचार बढ्दै गएको भन्दै अब देशमा राजसंस्था पुर्नवहाली ढिलो भए झन् समस्या थपिने प्रदर्शनमा सहभागीहरुको भनाई छ । पछिल्लो समय राजावादीहरुले देशभरि नै प्रदर्शन गर्दै आएका छन् ।
