प्रदेश-१ मा थपिए १७५ कोरोना संक्रमित

मोरङ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६० महिलासहित १७५ कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमध्ये सुनसरीमा ६१, मोरङमा ५५, झापामा ३४, ताप्लेजुङमा पाँच, धनकुटा र सङ्खुवासभामा दुई/दुई, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा एक/एक तथा प्रदेश बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या २८ हजार ६७७ पुगेको छ भने आज ४९ जनासहित अहिलेसम्ममा २३ हजार ४५२ जना निको भएर घर फर्किसकेका छन् ।

सोही अवधिमा ९३४ जनासहित अहिलेसम्ममा एक लाख ९९ हजार १५९ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments