चोरीका मोटरसाइकलसहित २ जना पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले चोरीका मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा निजगढ-७ बस्ने २२ वर्षीय मानबहादुर श्रेष्ठ र कृष्ण दर्लामी मगर रहेका प्रहरीले जनाएकाे छ ।

बिहीबार बिहान बाराको निजगढ नगरपालिका-९ स्थित पूर्व पश्चिम राजमार्गमा चकेजाँच गर्ने क्रममा २ जना मोटरसाइकलसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट चोरी गरी ल्याइएको बा ९७ प ३१०९ र बा ६८ प ५५९५ नम्बरका २ ओटा पल्सर मोटरसाईकल बरामद गरिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments