१२१७ जनामा काेराेना संक्रमण, १०६४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप १ हजार २१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा १ हजार ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यस्तै हिजाे नेपालमा १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

Facebook Comments