प्रधानमन्त्री ओली र भाजपा नेता चौथाइवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभागका इञ्चार्ज डा. विजय चौथाइवाबीच भेटवार्ता भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका चौथाइवालेले बिहीबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।

नेकपाभित्र संकट गहिरिएका बेला चौथाइवाको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीसँग भएको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ । भेटवार्तामा के विषयमा कुराकानी भयो भन्ने केही खुलाइएको छैन ।

Facebook Comments