काेराेना संक्रमणबाट पोखरामा थप ४ जनाकाे मृत्यु

कास्की । पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत ४८ घण्टाकाे अवधीमा उपचारकै क्रममा थप ४ जना काेराेना संक्रमितकाे मृत्यु भएको हाे ।

कास्कीको पोखरा महानगरपालिका-१० का ८१ वर्षीय पुरुषको बिहीबार बिहान ३ बजे उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका-८ का ७४ वर्षीय कोरोना संक्रमित पुरुषको पनि बिहीबार बिहान सवा ३ बजे पोखराको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

अन्य दुईजनाको भने बुधबार उपचारका क्रममा पोखरामै मृत्यु भएको हो । पोखरा महानगरपालिका-१३ का ५१ वर्षीय पुरुषको बुधबार बिहान साढे ५ बजेतिर फिस्टेल अस्पताल र वडानम्बर ७ का ६५ वर्षीय पुरुषको बुधबार साँझ ७ बजे मृत्यु भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Facebook Comments