बलात्कार आराेपी सिद्धबाबाका पक्षमा फैसला गर्ने न्यायाधीशविरुद्ध न्याय परिषद‍्मा उजुरी

काठमाडाैं । सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालाविरुद्ध न्याय परिषद‍्मा उजुरी दर्ता हुदैछ ।

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धबाबाका पक्षमा फैसला गर्ने सुनसरी जिल्ला अदालतका न्यायाधीश कोइरालाविरुद्ध न्याय परिषद‍्मा उजुरी दर्ता हुन भएकाे हाे ।

सुनसरी जिल्ला अदालतका न्यायाधीश सिद्धबाबाका पक्षमा फैसला गरेलगतै विवादमा परेका छन् । उनकाे चाैतर्फी रूपमा आलाेचना भइरहेकाे छ।

स्राेतका अनुसार पीडित पक्ष हिजै अपरान्ह न्याय परिषद् पुगेका थिए । तर, समय अभाव र प्रकृयाका कारण आज उजुरी दर्ता हुन लागेको हो ।

न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठले आफूले हिजो पीडितका कुरा सुनेर नोटिस समेत गरेको जानकारी दिए ।

Facebook Comments