७० वर्षीय वृद्धाको बलात्कारपछि हत्या, एकजना पक्राउ

झापा । झापाको अर्जुनधारामा ७० वर्षीया मानसिक सन्तुलन गुमाएकी एक वृद्धाको बलात्कारपछि हत्या भएको छ।

आइतबारदेखि बेपत्ता भएकी उनको बिहीबार बिहान कल्भर्टमा शव फेला परेको हो। वृद्धाको शव जंगलको कल्भर्टमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले वृद्धाको बलात्कारपछि हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका ३५ वर्षीय विशाल बिर्जाले आफूले बलात्कारपछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन्।

वृद्धाको शव पोष्टमोर्टमका लागि मेची अस्पताल भद्रपुरमा लगिएकाे छ। यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.