१६ वर्षीया किशोरीमाथि पटक-पटक बलात्कार गर्ने युवक पक्राउ

काठमाडाैं । महानगरीय प्रहरी परिसर ललितपुरले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा ललितपुरकाे महालक्ष्मी नगरपालिका-८ लुभु टाउन प्लानिङका २१ वर्षीय श्रीकृष्ण श्रेष्ठ रहेका प्रहरीले जनाएकाे छ। उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका श्रीकृष्णले ती किशोरीलाई ललाइफकाइ गरी पटकपटक जबरजस्ती करणी गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। ती किशोरीको स्वास्थ्य परीक्षण गर्न अस्पताल पठाइएको छ । साथै पक्राउ परेका युवालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेकाे परिसरले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.