बुबाको हत्या गरेको आरोपमा छोरी पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले आफ्नै बुबाको हत्या गरेकाे आरोपमा छोरीलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा उदयपुरकाे लिम्चुङबुङ गाउँपालिका–२ डाँडागाँउ बस्ने २८ वर्षीया अनिसा पुलामी मगर रहेकी प्रहरीले जनाएकाे छ।

५५ वर्षीय बुबा नेत्रबहादुर पुलामी मगरको कुटपिट गरी हत्या गरेको आरोपमा उनलाई ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घरायसी झगडामा अनिसाले कुटपिट गर्दा घाइते भएका नेत्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ। यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.