नेविसंघले २८ गते सिठ्ठी जुलुस गर्ने

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) आगामी मङ्सिर २८ गते देशभर सिठ्ठी जुलुस गर्ने भएकाे छ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सरकारकाे विरोधमा ‘सर्व सत्तावाद विरुद्ध सिठ्ठी फुकौँ मङ्सिर २९ को तयारीमा सबै जुँटौँ नाराका साथ विराेध प्रदर्शन गर्न लागेकाे हाे ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका पछिल्ला गतिविधिको विरोधमा मङ्सिर २९ गते देशभर प्रदर्शन गर्न लागेको छ । त्यसको प्रचारस्वरुप २८ गते देशका मुख्य शहरहरुमा सिठ्ठी बजाएर सरकार विरोधी आन्दोलन गर्न लागेको नेविसंघले जनाएकाे छ ।

नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले आज एक विज्ञप्ति जारी गर्दै सबै जिल्लामा आन्दोलनको लागि आह्वान गरेको हो । ‘सर्व सत्तावाद विरुद्ध सिठ्ठी फुकौँ मङ्सिर २९ को तयारीमा सबै जुँटौँ ‘भन्ने नाराका साथ नेविसंघले प्रदर्शन गर्न लागेको हो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.