फुडमाण्डु सूचना प्रणाली हृयाक गर्ने युवक पक्राउ

काठमाडौं । साइबर व्युरोले फुडमाण्डु प्रालिको सूचना प्रणाली हृयाक गरेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा नवलपरासी पश्चिम घर भई हाल काठमाडौं बस्ने १९ वर्षीय दिनेश तिवारी रहेका व्युरोले जनाएकाे छ ।

साइबर व्युरोका प्रमुख एसएसपी नविन्द अर्यालका अनुसार पक्राउ परेका तिवारीले फुडमाण्डुको सूचना प्रणालीमा अनधिकृतरुपमा पहुँच पुर्‍याएर डाटा सार्वजनिक गरेका थिए ।

यसअघि मंगलबार पनि लोकसेवा आयोगको एप हृयाक गरेको आरोपमा दुईजना पक्राउ गरेकाे थियाे ।

Facebook Comments