सत्तारूढ दलकाे किचलाेले राष्ट्रियता र संघीयता संकटमा पर्‍याे : मोहन वैद्य

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता र संघीयता संकटमा परेकाे बताएका छन् ।

बुधबार बिहान क्रान्तिकारी पत्रकार महासंघ प्रदेश-१ ले गाईघाटमा गरेकाे पत्रकार सम्मेलनमा उनले सत्तारुढ दलभित्र विभाजनको अवस्था आउनाले राष्ट्रियता संकटमा परेको बताए।

पत्रकार सम्मेलनमा उनले भने, ‘जनता कोरोना महामारीमा परेको, तिनको रोजीरोटी गुम्दै गएको, आर्थिक संकट उत्पन्न हुँदै गएको, बेरोजगारी बढ्दै गएको, राष्ट्रियता संकटमा परेको तथा सत्तारुढ दलभित्र विभाजनको अवस्था आउनाले’ निराशा ल्याएकाे छ ।

फरक प्रसङ्ग जाेड्दै उनले भने, ‘भारतसँग सीमा विवादमा झुकेर कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधान हुँदैन, आफ्नो भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र नेपाली जनता एक हुनुपर्छ ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.