काठमाडाैं । सचिव बढुवा सिफारिस समितिले इन्जिनियरिङ सेवातर्फ रिक्त एक सचिव पदका लागि ३ जनाकाे नाम सिफारिस गरेकाे छ ।
लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको हाे ।
बढुवा सिफारिस समितिले प्राविधिक सह-सचिवत्रय मणि राम गेलाल, प्रमिला देवी शाक्य बज्राचार्य र सुशील बाबु तिवारीको नाम सिफारिस गरेको हो ।




Facebook Comments