चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन

महोत्तरी। बर्दिवासमा स्थानीय युवाहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् ।

पछिल्लाे दिनमा नेपाल प्रहरीमाथि चिनियाँ नागरिकहरुले गरेको आक्रमण र चिनियाँ मिडियाले सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेको भन्दै ट्वीट गरेको विषयलाई लिएर लालबन्दीमा युवाहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका हुन् ।

बर्दिवासमा गौतम पाण्डको नेतृत्वमा युवाहरुको समूहले चिनियाँ राष्ट्रपति जिनपिङको पुतला दहन गरेका हुन् ।

केही दिन अघि चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्बिर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियाे ।

त्यस्तै, चिनीयाँ नागरिकहरु नेपालमै वसी नेपाल प्रहरीमाथि आक्रमण गर्नु गम्भीर विषय बनेको भन्दै युवाहरु आक्रोस पोखेका छन् । केहिदिन अघिमात्र राजधानी काठमाडौंका विभिन्न क्षेत्रमा बस्ने चिनियाँहरू सिंहदरबार अगाडि भेला भएर नेपाल प्रहरीमाथि आक्रमण गरेका थिए ।

Facebook Comments