सर्वदलीय बैठकबाट देउवा बाहिरिए

काठमाडौं । बालुवाटारमा सर्वदलीय बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सहभागी भएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने लिखित धारणा राखेर बाहिरिएका छन् ।

उनी बैठकबाट बाहिरिएपनि बैठकमा के धारणा राखे भन्ने सार्वजनिक भएको छैन ।

पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक अहिले बालुवाटारमा जारी छ ।

जारी बैठकमा प्रधानमन्त्री ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधि रोक्न एकजुट हुन सबैलाई आग्रह गरेका छन्।

Facebook Comments