उदयपुर । उदयपुरमा ११ वर्षीया बालिका बलात्कार गरेकाे आरोपमा एक पुरूष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बेलका नगरपालिका-९ का ६३ वर्षीय सूर्य पोखरेल रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।
बेलका नगरपालिकाकाे सिटी हलमा बालिका बलात्कार गरेकाे आरोपमा सोमबार दिउँसो उनलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीविरुद्ध जबर्जस्ती करणी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।













Facebook Comments