काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधि रोक्न एकजुट हुन आग्रह गरेका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका हुन्।
पछिल्लो समयमा देशभर भइरहेका संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा जुट्न गणतन्त्र इतर सबै दल एक हुनुपर्ने प्रधानमन्त्री ओलीकाे जाेड थियाे । बैठकको सुरुवातमै प्रधानमन्त्री ओलीले छलफल गर्नुपर्ने एजेन्डाबारे प्रकाश पारेका थिए।
पछिल्लो समय मुलुकभर राजतन्त्र पक्षधरको प्रदर्शन भइरहेको छ । साथै प्रतिबन्धित ‘विप्लव’ ले हिंसात्मक राजनीति जारी राखेको छ।




Facebook Comments