काठमाडौं । आज सुनको मूल्य बढेको छ ।
मंगलबार सुनको मूल्य तोलामा १ हजार ५०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
हिजो सुनको मुल्य ९२ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियो । तर आज बढेर ९४ हजार १०० पुगेको छ । यस्तै, आज तेजावी सुनको मूल्य ९३ हजार ६५० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको महासंघले जनाएकाे छ । हिजो चाँदीको मूल्य १ हजार २०५ रहेकोमा आज १ हजार २३५ रुपैयाँ रहेको छ ।
Facebook Comments