विप्लव समूहद्वारा मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या

विराटनगर । मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या गरिएकाे छ। मिक्लाजुङ गाउँपालिका -१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो।

प्रहरी उपरीक्षक सन्तोष खड्काले उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको बताए। बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएका थिए ।

घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या भएको छ। प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको खड्काले बताए। श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको खड्काले बताए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.