घूस रकमसहित सहायक हवल्दार पक्राउ

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ हजार रूपैयाँ घूससहित सशस्त्र प्रहरीका प्रहरी सहायक हवल्दारलाई पक्राउ गरेकाे छ ।

घूस मागेको उजुरीका आधारमा अख्तियारकाे बुटवलस्थित कार्यालयले ३५ हजार घूस रकमसहित सशस्त्र प्रहरीका प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई शुक्रबार पक्राउ गरेको हाे ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट कृष्णनगरमा घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घूस लिइसकेको अवस्थामा पक्राउ गरिएकाे आयोगले जनाएकाे छ।

उनलाई कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ गोलघरस्थित मिलन रेष्टुरेन्ट एन्ड दुर्गा गेष्ट हाउसबाट रकमसहित पक्राउ गरिएको आयोगको कार्यालय बुटवलका सूचना अधिकारी सुरेश भुसालले बताए । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.