स्रोत नखुलेको १६ लाखसहित अन्सारी पक्राउ

बारा । स्रोत नखुलेको १६ लाख रुपैयाँसहित बाराबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराकाे सिम्रौनगढ गनरपालिका-८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारी रहेका छन् । उनलाई बाराकाे पचरौता नगरपालिका-७ बेनौलीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल (एपिएफ) काे टोलीले पक्राउ गरेकाे हाे ।

बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय मोटरसाइकलमा सवार अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा रकमकाे श्राेत खुलाउन नसके पछि नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएकाे प्रहरीले जनाएकाे छ ।

सशस्त्रको टोलीले उनी सवार मोटरसाईकल समेत बरामद गरेको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.