शुक्रबार थप १६ जनाको कोरोनाबाट मृत्यु

काठमाडाैं । नेपालमा थप १६ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएकाे छ।

याेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या दुई लाख ३८ हजार आठ सय ६१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १५ सय ७५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार चार सय ४७ रहेको मन्त्रालयले जनाएको छ।

Facebook Comments