शुक्रबार थप १६ जनाको कोरोनाबाट मृत्यु

काठमाडाैं । नेपालमा थप १६ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएकाे छ।

याेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या दुई लाख ३८ हजार आठ सय ६१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १५ सय ७५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार चार सय ४७ रहेको मन्त्रालयले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.